Main News
एमसीसीलाई सैन्य रणनीतिको अंग बनाउने सम्झौतामा ओलीले हस्ताक्षर गरेको आरोप (भिडियो रिपोर्टसहित)
२०७८ फागुन १४ गते १३:२०

१४ फागुन २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाइ सैन्य रणनीतिको अंग बनाउने कागजमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको आरोप लगाउनुभएको छ ।
प्रगतिशील प्राध्यापक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई सैन्य रणनीतिको अंग बनाउने कागजमा ओली नेतृत्वको सरकारले हस्ताक्षर गरेको आरोप लगाउनुभएको हो ।
अध्यक्ष नेपालले विमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी गराउन ओलीले तयारी गरेको भन्दै आफूहरुको विरोधका कारण रोकिएको दाबी गर्नुभयो ।
एमसीसीको सवालमा यथास्थितिमा पास गर्न नसक्ने आफूहरुको स्पष्ट धारणा रहेको नेपालको भनाइ छ । एमसीसी विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्ने अध्यक्ष नेपालको तर्क छ ।
प्रतिक्रिया