जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुँदै
२०७८ फागुन १ गते ८:२३
१ फागुन २०७८ जनकपुरधाम । जनकपुर–जयनगर रेल सेवा आजदेखि यात्रुबिना सञ्चालन हुने भएको छ ।
भारतबाट खरिद गरेर लामो समय थन्किएको रेल आजदेखि बिना यात्रु गुड्ने भएको हो । उद्घाटन नभएसम्म ड्राई रन अर्थात् खाली रेल सञ्चालनमा ल्याउन लागेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
उद्घाटन नभएसम्म रेल दिनको एकपटक जनकपुरको कुर्था र जयनगर ओहोर दोहोर गर्नेछ । फागुन १० गतेभित्र रेल उद्घाटनको तयारी रहेको बताइएपनि औपचारिक निर्णय हुन सकेको छैन ।
रेल सञ्चालनमा आएपछि ६० जना नेपाली र १४ भारतीय कर्मचारी काममा खटिनेछन् ।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको रेलमार्ग छ। २०७७ साल असोज २ गते भारतबाट खरिद गरिएका दुई सेट रेल नेपाल आएको थियो ।
प्रतिक्रिया