कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, ८३६ संक्रमित थपिँदा १८२६ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ माघ २९ गते १६:३०
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, ८३६ संक्रमित थपिँदा १८२६ संक्रमणमुक्त

२९ माघ २०७८ काठमाडौं । नेपालमा थप ८ सय ३६ जना कोरोना संक्रिमत थपिएका छन् भने थप ४ जनाको मृत्यु भएको छ ।

४ हजार २ सय ६० पीसीआर परीक्षणमा ४ सय सय ९१ र २ हजार ३ सय ९४ एन्टिजेन परीक्षणमा ३ सय ४५ गरी ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा २ सय ७ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ सय ६६, ललितपुरमा ३१ र भक्तपुरमा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कुल मृतकको संख्या ११ हजार ८ सय ८२ पुगेको छ ।

पछिल्लो पटक १ हजार ८ सय २६ जना संक्रमण मुक्त भएका छन् । अहिले देशभर २६ हजार १ सय २ जना सक्रिय संक्रमित छन् । २ सय जनाको आइसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो पटक २ लाख ८८ हजार ८ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *