Main News
अन्तर्राष्ट्रिय सम्बन्धलाई अप्ठ्यारो पार्ने गरी एमसीसी गिजोलिएको नेता विश्वकर्माको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)
२०७८ माघ २५ गते १७:४९

२५ माघ २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत अप्ठ्यारो पर्ने गरी एमसीसीको विषय गिजोलिएको बताउनु भएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा नेता विश्वकर्माले एमसीसी परियोजनामा संलग्न राजनीतिक दलहरूले नै गलत प्रचार गरी भ्रम सिर्जना गराएको आरोप लगाउनुभयो ।
राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउनेतर्फ कांग्रेस नलाग्ने उहाँको भनाइ छ ।
गठबन्धन कायमै राखेर एमसीसी पारित गर्ने कांग्रेसको चाहना भएको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया