अझै पूर्णरुपमा सञ्चालन भएन क्यान्सर अस्पताल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २१ गते १७:५५
अझै पूर्णरुपमा सञ्चालन भएन क्यान्सर अस्पताल (भिडियो रिपोर्टसहित)

२१ माघ २०७८ बाँके । बाँकेको खजुरामा २०५६ सालमा निर्माण शुरु भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अझै पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।

क्यान्सर अस्पतालमा रेडियशन थेरापी सेवा अझै शुरु हुन नसकेको हो । क्यान्सरका बिरामीको बाहिरी सेकाइका लागि रेडियशन थेरापी आवश्यक पर्छ ।

रेडियशन थेरापीका लागि आवश्यक पर्ने लिन्याक मेसिनका खरिदका लागि संघीय सरकारले २९ करोड ४० लाख बजेट विनियोजन भई खरिदको प्रकृया अगाडि बढेकाले चालु आर्थिक वर्षभित्रै रेडियशन थेरापी शुरु गर्ने तयारी गरिरहेको छ ।

क्यान्सर अस्पताल खजुराले गत वर्षदेखि जनरल सर्जरी र हिष्टोप्याथोलोजी सेवा शुरु गरेको छ । जनरल सर्जरी सेवा शुरु भएको करिब एक वर्षको अवधिमा क्यान्सर अस्पतालले ५ सय ३२ जना बिरामीको शल्यक्रियासहितको उपचार गरेको छ ।

हिस्टोप्याथोलोजी सेवामार्फत करिब ८ सय जना शंकास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए नभएको एकीन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *