नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज हुँदै

हिमालय टिभी
२०७८ माघ १८ गते १०:०२
नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज हुँदै

१८ माघ २०७८ काठमाडौं । नेपाल र मरिससबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले अफ्रिकी देश मरिसससँग दुईवटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यस अन्तर्गत आज दोस्रो खेल हुँदैछ ।

पहिलो खेलमा नेपाल १–० ले विजयी भएको थियो । कात्तिक पहिलो साता माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपालले आगामी जुन महिनामा एसिया कप छनोटको तेस्रो चरण खेल्दैछ ।

पहिलो खेलमा मरिससका महत्वपूर्ण ४ खेलाडी कोरोना संक्रमण देखिएका कारण खेलबाट बञ्चित भएका थिए । तर उनीहरुले आजको खेलमा मौका पाउने मरिसस फुटबल टोलीका प्रशिक्षक टोनी फ्रान्कोइसले बताएका छन् ।

यता नेपालले पनि दोस्रो खेलका लागि छुट्टै टोली मैदानमा उतार्दैछ । पहिलो खेलमा रहेको १५ जना खेलाडीसहित अन्य ८ खेलाडी सहभागी हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *