Main News
जोरबिजोर प्रणाली : नागरिकलाई सास्तीसँगै संक्रमणको जोखिम पनि (भिडियो रिपोर्टसहित)
२०७८ माघ १४ गते १६:३६

१४ माघ २०७८ काठमाडौं । कोरोना सङ्क्रमण बढेपछि काठमाडौं उपत्यकामा जारी जोरबिजोर प्रणाली लागू गरिएको छ । जसले नागरिकलाई भने सास्ती मात्र दिएको छ।
जोरबिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधा घट्दा भिडभाडबीच यात्रा गर्नुपर्ने बाध्यता छ । जसका कारण कोरोना संक्रमण दर झनै बढ्ने देखिएको छ ।
कार्यालय जाने र आउने समयमा सार्वजनिक सवारीमा चाप बढ्ने गरेको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भिडभाड कम गर्न अनुरोध गरे पनि यात्रु भने कोचाकोच गरी यात्रा गर्न बाध्य छन् ।
प्रतिक्रिया