Main News
एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य
२०७८ माघ ११ गते २०:०६

११ माघ २०७८ काठमाडौं । कोरोना सङ्क्रमण भएपछि विगत चार दिनदेखि आफ्नै निवास भक्तपुरको बालकोटमा आराम गरिरहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले आज विज्ञप्ति जारी गरी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्ने सम्बन्धित सबैमा धन्यवाद दिनुभएको छ ।
प्रतिक्रिया