झापामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ८ गते १६:३७
झापामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो (भिडियो रिपोर्टसहित)

८ माघ २०७८ झापा । झापामा पछिल्लो समय कोरोना संक्रमणदर ७० प्रतिशतसम्म पुगेको छ । बालबालिकामा गरिएको परीक्षणमा १० प्रतिशत पोजेटिभ भेटिएको छ ।

मेची अञ्चल प्रादेशिक अस्पताल भद्रपुरमा ५० प्रतिशत र सुरुगांस्थित कोटिहोममा ७० प्रतिशतमा पोजेटिभ पाइएको छ ।

मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंकप्रसाद बाराकोटीले ६० देखि ७२ प्रतिशतमा संक्रमण देखिएको बताउनुभयो ।

खोकी लाग्ने, घाटीको समस्या हुने र जिउ दुख्ने समस्या भएकामा पिसिआर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको डाक्टरले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *