कञ्चनपुरको सालघारी क्षेत्रमा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ५ गते १३:५७
कञ्चनपुरको सालघारी क्षेत्रमा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर (भिडियो रिपोर्टसहित)

५ माघ २०७८ कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टर निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको २२ वटा ब्लक छन् । तर, निर्माण सम्पन्न भएपछि कसरी सञ्चालन हुने विषय भने स्पष्ट छैन । जिल्ला प्रशासन कार्यालयले भने नेपाल सरकारको माघ २ गतेको निर्णय अनुसार सञ्चालन गर्ने जनाएको छ ।

होल्डिङ सेन्टर निर्माणपछि भने जिल्लामा बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न केही सहज तथा सहयोग पुग्ने विश्वास लिइएको छ । जिल्लामा हालसम्म ९ हजार २ सय ८० जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *