कोरोनाको तेस्रो लहरसँग जुध्न प्रदेश सरकार गम्भीरः मुख्यमन्त्री शाही

हिमालय टिभी
२०७८ माघ ३ गते १८:५३
कोरोनाको तेस्रो लहरसँग जुध्न प्रदेश सरकार गम्भीरः मुख्यमन्त्री शाही

३ माघ २०७८ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको तेस्रो लहरसँग जुध्न प्रदेश सरकार गम्भीर भएर लागेको बताउनु भएको छ ।

सुर्खेतमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री शाहीले नागरिकको स्वास्थ्यलाई प्रदेश सरकारले मुख्य प्राथमिकता दिँदै जस्तोसुकै अवस्थामा पनि नागरिकलाई तेस्रो लहरबाट बचाउने दाबी गर्नुभयो ।

पछिल्लो एक महिनाको अवधिमा कर्णालीमा २ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कर्णालीमा ३३ दशमलब ६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *