मोरङमा एक जनाको हत्या, हत्या आरोपमा ८० वर्षीय वृद्ध पक्राउ
२०७८ पुष २७ गते १३:२३
२७ पुस २०७८ मोरङ । मोरङको लेटाङमा एक जनाको हत्या भएको छ ।
लेटाङ नगरपालिका वडा नम्बर २, फँडानीमा ६३ वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
हत्या आरोपमा ८० वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका छन् ।
भुजेलको आँगनमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा बुढाथोकीको शव भेटिएको प्रहरीले जनाएको छ ।
हिजो बेलुका बुढाथोकी र भुजेलले सँगै बसेर रक्सी खाएको र विवादमा हत्या भएको हुन सक्ने स्थानीयले बताएको प्रहरीको भनाइ छ ।
भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलीले पक्राउ गरेको छ ।
प्रतिक्रिया