Main News

बतास समूहसँग आफ्नो कुनै नाता नरहेको एमाले अध्यक्ष ओलीको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २५ गते १६:१६
बतास समूहसँग आफ्नो कुनै नाता नरहेको एमाले अध्यक्ष ओलीको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

२५ पुस २०७८ झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बतास समूहसँग आफ्नो कुनै नाता नभएको बताउनुभएको छ ।

झापाको भद्रपुरस्थित सहिद मनोज–झपेन्द्र स्मृति सामुदायिक राष्ट्र सेवक भवन उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले व्यावसायिक घराना बतास समूहसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पार्नुभएको हो ।

अध्यक्ष ओलीले आफ्नो दल चुनावको प्रतीक्षामा रहेको भन्दै एमालेले चुनावबाट स्वच्छ र विकास गर्ने सरकार बनाउने दाबी गर्नुभयो ।

ओली आजै आफ्नो निर्वाचन क्षेत्र झापा ५ को विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *