समाज

देउडाको माध्यमबाट कला, संस्कृति र परम्पराको संरक्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २० गते १७:०४
देउडाको माध्यमबाट कला, संस्कृति र परम्पराको संरक्षण (भिडियो रिपोर्टसहित)

पुस २०७८ सुर्खेत । देउडा नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा गाइने प्रचलित लोक गायन शैली हो । यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा आदि नाम दिएको पाइन्छ । तर लोप हुने खतरा बढ्दै गएपछि कर्णालीका नागरिक देउडा गायनको माध्यमबाट आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा जुटेका छन् ।

देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रधान गीत हो । विशेषगरी समूहमा प्रस्तुत गरिने देउडा गीतमा गरिएको नृत्यलाई देउडा खेल अथवा न्याउले खेल भनिन्छ । पुरुष वा महिला समूहसँग मायाप्रीति सुख दुःखका गीत गाएर देउडा खेल्ने गरिन्छ ।

देउडा खेल र गायन दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदीमा प्रस्तुत गरिन्छ । पछिल्लो समय कर्णालीका नागरिक यसको संरक्षणमा जुटेका छन् । स्थानीयको पहलमा चाडपर्व तथा प्रत्येक महिनाको १ र १५ गते देउडा गीत गाउने गरेका छन् ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा देउडा संकृति लोप हुँदै गएकाले यसको संरक्षण तथा पुरानो संस्कृतिहरु जोगाइ राख्न देउडाको आयोजना गर्ने गरिएको हो ।

कर्णालीको पहिचान र कर्णालीको भाषा तथा पुरानो संस्कृति जोगाउन देउडा खेल्ने गरिन्छ । आफन्तजनसँग भेटघाट तथा दुःखसुख साटासाट हुने भएकाले पनि देउडा आयोजना गर्ने गरिएको छ । देउडा संस्कृति संरक्षणका लागि सरकारले पनि विशेष चासो दिनुपर्ने संस्कृति संरक्षणमा लागेका अभियान्ताहरुको भनाइ छ ।

विश्व बजारमा प्रविधिको अत्यधिक प्रयोग र मौलिक संस्कृतिमाथिको बेवास्ताले देउडा संस्कृति संकटमा पर्दै गएको छ । पुर्खाहरुबाट हस्तान्तरण भएको संस्कृतिलाई संरक्षण गर्नका लागि राज्यले पनि पहल गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *