Main News
सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
२०७८ पुष १८ गते १३:४०

१८ पुस २०७८ सर्लाही । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका–३ बयलवास भक्तिपुर सडक खण्डस्थित सागरनाथ जंगलमा भएको दुर्घटनामा ईश्वरपुर (१० दशबिगाहाका २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम विक र २२ वर्षीय रोहन सिंहको मृत्यु भएको हो ।
तीन जना सवार मोटरसाइकल दुर्घटनामा परेको सर्लाही प्रहरीले जनएको छ । सागरनाथबाट बयलवासका लागि छुटेको बा १९ प ७१ ९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।
ठोक्किएर मोटरसाइकल बाटोभन्दा १० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया