Main News
पाल्पामा भएको बस दुर्घटनामा सात जनाको मृत्यु, आठ जना घाइते
२०७८ पुष १८ गते १३:१८

१८ पुस २०७८ पाल्पा । पाल्पाको रिब्दिकोट २ लगुवामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
आठ जना घाइते भएका छन् । बुटवलबाट रिडिका लागि शव बोकेर छुटेको लु २ ख ७२७९ नम्बरको बस सडकबाट ६० मिटर तल खसेको थियो ।
७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ ।
प्रतिक्रिया