Main News
भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अपनाउन आग्रह (भिडियो रिपोर्टसहित)
२०७८ पुष १४ गते १६:४८

१४ पुस २०७८ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।
२४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री खाँणले ग्रामीण भेगमा भवन निर्माण तीब्र रुपमा भइरहेकले भूकम्प प्रतिरोधी मापदण्ड अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो ।
शहरी क्षेत्रमा ठूला भवन र विद्यालयका भवनहरु बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको उहाँको भनाइ छ ।
गृहमन्त्री खाँणले भूकम्प सम्बन्धी सचेतना कार्यक्रम र प्रचार प्रचार सबै नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया