धादिङको अधिकांश भेगमा हिमपात

हिमालय टिभी
२०७८ पुष १४ गते १३:५६
धादिङको अधिकांश भेगमा हिमपात

१४ पुस २०७८ धादिङ । उत्तरी धादिङको अधिकांश स्थानमा हिमपात भएको छ ।

गएरातीदेखि वर्षासँगै हिमपात भएपछि उत्तरी धादिङमा जनजीवन प्रभावित भएको छ । मंगलबार रातीदेखि वर्षा शुरु भएसँगै अधिकांश बस्तीमै हिमपात भएको स्थानीयले बताएका छन्।

उत्तरी धादिङको रुविभ्याली, खनियावास, गंगाजमूनालगायतका उच्च पहाडी क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । मानव बस्तीहरुमा हिउँ परेपछि जनजीवन प्रभावित बनेको छ। हिमपात भएपछि गोठमा लगिएका भेडाबाख्रा, चौरी, गाईगोरुको पनि बिचल्ली भएको उनीहरुको भनाइ छ ।

हिँउ परेपछि अहिले स्थानीयलाई वस्तुभाउ स्याहार्न र दाउरा ओत लगाउन भ्याइनभ्याई परेको छ । त्यस्तै करेसा बारीमा लगाएका सागपातसमेत नष्ट भएका छन् । केही वर्षयता बस्तीमा हिउँ नपरेको भएपनि यस पटक शुरुवातमै बस्तीमा हिउँ आइपुगेको स्थनीयले बताएका छन् ।

उत्तरी क्षेत्रमा भएको हिमपात र वर्षाले सदरमुकामसहित धादिङको अधिकांश भूभागमा पनि चिसो बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *