Main News

वर्षा र हिमपात हुने भएपछि चिसो अझै बढ्ने, स्वास्थ्य सावधानी अपनाउन सुझाव

हिमालय टिभी
२०७८ पुष १२ गते ९:३१
वर्षा र हिमपात हुने भएपछि चिसो अझै बढ्ने, स्वास्थ्य सावधानी अपनाउन सुझाव

१२ पुस २०७८ काठमाडौं । आज देशको केही स्थानमा हल्का वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आज देशका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी अनि हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णबदली हुनेछ भने तराईका भूभागमा घाम लाग्दै बादल लाग्नेछ । तर आजको भन्दा भोलि र पर्सि धेरै ठाउँमा वर्षा र हिमपात हुने उहाँको भनाइ छ ।

पश्चिमी वायुकै प्रभावले भोलि र पर्सि देशभरीकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना निकै कम रहेको उहाँले बताउनुभयो । मौसमविद् मानन्धरका अनुसार भोलि दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

दिउँसो मौसम पूर्ण रुपमा नखुल्दा अधिकतम तापक्रम पनि घट्ने छ । वर्षा र हिमपात पनि हुने भएकाले चिसो अझै बढ्ने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन पनि मौसमविद् मानन्धरले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *