लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार वटा सेवा विस्तार

हिमालय टिभी
२०७८ पुष ७ गते १८:१९
लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार वटा सेवा विस्तार

७ पुस २०७८ बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले थप ४ वटा सेवा विस्तार गरेको छ ।

अस्पतालमा आज थप १० वटा डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमेर्जेन्सी सेवा सुरु गरेको हो ।

सेवा बिस्तार उद्घाटनमा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले लुम्बिनी प्रदेशमा स्वास्थ्य जनशक्तिको समस्या गर्ने बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. इन्द्र ढकालले सेवाग्राहीलाई छिटो छरिटो सुविधाका लागि ट्रमा सेन्टर सञ्चालन गरिएको बताउनुभयो ।

अस्पतालले केही दिन अघि शुरु गरेको १० वेडको पेइङ वार्डलाई अब २२ बेड पुर्‍याउने योजना बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *