एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित (भिडियो रिपोर्टसहित)
२०७८ पुष ७ गते १८:१२
७ पुस २०७८ हेटौंडा । प्रमुख प्रतिपक्षी दल एमालेले बागमती प्रदेश सभा बैठकमा पनि अवरोध गरेको छ ।
संघीय संसदमा निरन्तर अवरोध गर्दै आएको एमालेले आज बागमती प्रदेश सभामा पनि अवरोध गरेको हो ।
बैठकको सुरुमा पूर्वमुख्यमन्त्री एवं एमाले नेता डोरमणि पौडेलले यसअघि आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुनुपर्ने, कटौती गरिएको गौरवको आयोजना फिर्ता लिनुपर्ने र मन्त्रालय विभाजनको विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।
पौडेलले बोले लगत्तै एमाले सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । एमालेको अवरोधका कारण बागमती प्रदेश सभाको नवौं अधिवेशनअन्तर्गत सातौं बैठक १० मिनेटमै स्थगित भयो । प्रदेश सभा बैठक भोलि बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया