विपन्न समुदायका महिलालाई सिलाई–कटाई तथा प्राविधिक तालिम (भिडियो रिपोर्टसहित)
२०७८ पुष ७ गते १६:१७
७ पुस २०७८ काठमाडौं । हेस्रा नेपाल र हेल्पिङ ह्याण्स, काठमाडौंको सहकार्यमा २० जना महिला तथा पुरुषले विभिन्न सिपमूलक तालिम लिएका छन् ।
हेस्रा नेपालले पिछडिएका तथा विपन्न समुदायका महिलाहरुलाई सिलाई–कटाई तथा प्राविधिक तालिम प्रदान गरेको हो ।
विभिन्न जिल्लाबाट तालिममा सहभागी भएकाहरु सिपमूलक तालिमपछि आत्मनिर्भर बन्ने विश्वासमा छन् ।
विगत ३४ वर्षदेखि स्वास्थ्य सेवा दिइरहेको हेस्रा नेपालले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया