Main News

संसद बैठक आज पनि बस्दै, एमालेको अवरोध कायमै रहने

हिमालय टिभी
२०७८ पुष ६ गते ७:५१
संसद बैठक आज पनि बस्दै, एमालेको अवरोध कायमै रहने

६ पुस २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि पेश गरिंदैछ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले अध्यादेश पेश गर्न लाग्नुभएको हो ।

यस्तै यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश पनि पेश हुँदैछ । नेमकिपाका सांसद प्रेम सुवालले उक्त अध्यादेश अस्वीकृत गर्न छुट्टै प्रस्ताव पेश गर्नुहुने छ ।

संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुचीमा एमसीसी विधेयक भने राखिएको छैन । पछिल्लो समय चालु संसद अधिवेशनमा एमसीसी पेश गर्ने सरकारको तयारी छ । सोहै अनुसार सत्ता गठबन्धनमा छलफल चलिरहेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने भएको छ । आफुले कारबाही सिफारिस गरेका सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले लगातार सदन अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *