नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्न सक्ने अमेरिकी चेतावनी

३ पुस २०७८ काठमाडौं । अमेरिकाले खुल्ला सीमा र सुरक्षा व्यवस्था अपर्याप्त हुँदा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्नसक्ने खतरा औंल्याएको छ ।
आतंकवाद सम्बन्धी एक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकाले आंतकबादको क्रिडास्थल बन्न सक्ने बताएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सार्वजनिक गरेको प्रतिवेदनमा भारतसँगको खुल्ला सीमा र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त रहेको उल्लेखछ ।
सन् २०१८ मा सार्वजनिक गरेको प्रतिवेदनमा पनि अमेरिकाले नेपाल आतंकवादी संगठनहरुको उर्वर भूमि रहेको उल्लेख थियो ।
सो प्रतिवेदनमा इण्डियन मुजाहिद्दिनले नेपालमा प्रभाव विस्तार गरेको उल्लेख थियो । तर, यसपटक भने भारतसँगको खुला सीमा र विमानस्थलको सुरक्षा मापदण्ड कमजोर मात्र भनिएको छ ।
नेत्रविक्रम चन्द समूहबारे पनि अमेरिकी प्रतिवेदनले बोलेको छ । चन्द समूहले हिंसात्मक गतिविधि त्यागेको भन्दै पूर्व हिंसात्मक अतिवादी भनिएको छ ।
प्रतिक्रिया