आगलागीमा परेर महिलाको मृत्यु

हिमालय टिभी
२०७८ पुष ३ गते १३:५८
आगलागीमा परेर महिलाको मृत्यु

३ पुस २०७८ मान्म । कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।

शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान उहाँको मृत्यु भएको हो ।

आगलागीबाट टाउको र खुट्टा जलेको उहाँको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले बताउनुभयो ।

शुुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा कसैले आगलागी गर्दा त्यसमा परेर बुढा घाइते हुनुभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *