नगद र सुनका गहनासहित छ लाख बढीको चोरी

रासस
२०७८ मंसिर २८ गते १२:५९

नगद र सुनका गहनासहित छ लाख बढीको चोरी

२८ मंसिर २०७८ जलेश्वर । महोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी रु छ लाख बढीको चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरीलगायत गरी रु छ लाख १७ हजार बराबरको धनमाल चोरेका छन् ।

चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी भ्रमरपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले चोरी गर्नेहरूको खोजी गरिरहेको छ । महोत्तरीमा विगत दुई÷तीन महिनादेखि चोरीको घटनामा निकै वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs