पुल तर्न रु दश शुल्क !

हिमालय टिभी
२०७८ मंसिर २७ गते ६:०४
पुल तर्न रु दश शुल्क !

२७ मंसिर २०७८ तनहुँ । पुल तर्दा रु १० शुल्क लाग्छ भन्दा जो कसैलाई अचम्म लाग्न सक्ला तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ ।

व्यास नगरपालिका–५ बेनीपाटनमा सोही वडास्थित पाटन युवा क्लबको आयोजनामा प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव यही मङ्सिर २४ गतेदेखि सञ्चालनमा ल्याइएको छ ।

मादी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको भए पनि पुलको मुखमा प्रहरी राखेर सीमित मानिस मात्रै आवतजावतका लागि व्यवस्था मिलाइएको छ । महोत्सवमा हुनसक्ने दर्शकको भीडलाई मध्यनजर गर्दै स्थानीय बोटे समुदायले मादी नदीमाथि बाँसको अस्थायी पुल निर्माण गरेका हुन् ।

पाटन बोटे समाजका अध्यक्ष टेकबहादुर बोटेको सक्रियतामा करिब ३५ जना बोटेद्वारा दुई दिन लगाएर बाँसको पुल निर्माण गरिएको बताउनुभयो । भैरव बोटे, लोके बोटे, उत्तम बोटे, डिले बोटेलगायतका स्थानीय बोटेको सक्रियतामा बाँसको अस्थायी पुल निर्माण गरिएको हो ।

व्यास–३ को व्यासगुफाबाट व्यास–५ को पराशर आश्रम निस्कने गरी निर्माण गरिएको पुलबाट महोत्सवस्थल जानका लागिसमेत छोटो दूरी पर्दछन् । बाँसको पुल तर्दा लिइएको रु १० ले सीमान्तकृत बोटे समुदायको सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य राखिएको स्थानीयवासी मङ्गलबहादुर बोटेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *