धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

हिमालय टिभी
२०७८ मंसिर २६ गते ८:१६
धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

२६ मंसिर २०७८ धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ बिहानी पम्प नजिकै गएराति मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ

घटनामा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर आपसमा ठोक्किएको हो ।

सोही मोटरसाइकललाई ना ६ ख ७४९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० का ३३ वर्षीय सुक बहादुर चेपाङको घटनास्थलमै ज्यान गएको डीएसपी भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका धादिङको सिद्धलेक गाउँपालिका १ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *