पहिचान नखुलेका पुरुष मृतावस्थामा फेला
२०७८ मंसिर २६ गते ७:४९
२६ मंसिर २०७८ जाजरकोट । नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ ।
आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् ।
शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।
डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने बताइएको छ ।
प्रतिक्रिया