ए डिभिजन लीग फूटबलअन्तर्गत चौंथो चरणको खेल आजबाट शुरु हुँदै

हिमालय टिभी
२०७८ मंसिर २४ गते ९:३१
ए डिभिजन लीग फूटबलअन्तर्गत चौंथो चरणको खेल आजबाट शुरु हुँदै

२४ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लीग फूटबलअन्तर्गत चौंथो चरणको खेल आजबाट शुरु हुँदैछ ।

लीगको चौंथो चरणको खेल अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र च्यासलबीचको खेल अपरान्ह ४ बजेर ४५ मिनेटमा शुरु हुनेछ । ८ पटकको च्याम्पियन मनाङ लीगको तेस्रो स्थानमा रहेको छ । ३ खेलमा मनाङले ७ अङ्क जोडेको छ ।

फ्रेन्ड्स लीगको १० औ स्थानमा रहेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अङ्क जोडेको छ । तीन खेलमा ५ अङ्क जोडेको आर्मी, लीगको छैटौं स्थानमा रहेको छ ।

च्यासलविरुद्ध मैदान उत्रँदा आर्मीले स्पष्ट ३ अङ्क जोड्नुपर्ने देखिन्छ । च्यासल ३ खेलमा ४ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *