Main News
कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर २१ गते १९:२४

२१ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँले ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको जानकारी दिनुभयो । प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले मतदानमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने(नगर्ने अझै निर्णय गर्न सकेको छैन । त्यसैले मतदान र मतगणना गर्न समय लाग्ने देखिएको छ ।
कांग्रेसले यो महाधिवेशनमा नेतृत्व चयनको विषय भएकोले नीतिका कुराहरु नगरिने स्पष्ट पारेको छ ।
प्रतिक्रिया