बाँकेमा ५३ प्रतिशतले लगाए कोरोनाविरुद्धको पहिलो खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १९ गते १६:३१
बाँकेमा ५३ प्रतिशतले लगाए कोरोनाविरुद्धको पहिलो खोप  (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ बाँके । बाँकेमा कोरोना भाइसरविरुद्धको पहिलो खोप लगाउनेको संख्या ५३ प्रतिशत पुगेको छ । ३६ प्रतिशतले दोस्रो डोज लगाएका छन् ।

बाँकेका ८ वटा स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका लगायत ६ वटा स्थानीय तहमा पहिलो डोज लगाउनेको संख्या ५० प्रतिशतभन्दा माथि भएको छ । तर कोरोना संक्रमणको हटस्पट बनेको नरैनापुरमा भने खोप लगाउनेको सख्या निक्कै कम छ ।

नरैनापुरमा पहिलो डोज खोप लगाउनेको संख्या २७ प्रतिशत र दोस्रो डोज १६ प्रतिशत मात्रै छ । खोपको कभरेज कम भएका क्षेत्रलाई फोकस गरेर सचेतना मुलक कार्यक्रम संचालन गरेर खोपको कभरेज बढाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोना बिरुद्धको खोप आउने क्रम बढ्दै गएका कारण स्वास्थ्य कार्यालय बाकेले खोप लगाउन मिल्ने सबै उमेर समुहका मानिसहरुलाई एउटै खोप केन्द्रबाट एकै पटक पहिलो र दोस्रो डोज खोप लगाउने तयारी गरि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *