प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने सत्ता गठबन्धनको तयारी

हिमालय टिभी
२०७८ मंसिर १७ गते १८:५७
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने सत्ता गठबन्धनको तयारी

१७ मंसिर २०७८ काठमाडौं । सत्तारुढ दलका नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाभियोग लगाउने तयारी भइरहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा नेकपा माओवादी नेता रामनारायण बिडारीले प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउनका लागि यही मंसीर २८ गते संघीय संसदको अधिवेशन आह्वान गरिएको बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीश राणालाई भ्रष्टको संज्ञा दिँदै छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने जानकारी समेत दिनुभयो ।

प्रधानन्यायाधीशलाई भविष्यमा राज्यबाट कुनै सेवा प्राप्त नहुने गरी कालोसूचीमा राख्ने तयारी भइरहेको सांसद बिडारीको दाबी छ ।
नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले प्रधानन्यायाधीशलाई महाभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्मत हुने तर्क गर्नु भयो ।

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गर्दै आए पनि राणाले अस्वीकार गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *