ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, १२ जना घाइते

हिमालय टिभी
२०७८ मंसिर १७ गते १७:३१
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, १२ जना घाइते

१७ मंसिर २०७८ कञ्चनपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतन कुमारी राना रहेका छन् । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउदा ट्र्याक्टर सडक छेउमै पल्टीएको हो । प्रहरीका अनुसार ट्र्याक्टरमा ३० जना बढी सवार रहेका थिए ।

घाइतेको झलारीस्थीत नीजि मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कैलालीको धनगढीतर्फ पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *