हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

हिमालय टिभी
२०७८ मंसिर १५ गते १४:००
हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

१५ मंसिर २०७८ जलेश्जर । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव निजको आफ्नै घरको बरण्डामा राखिएको अवस्थामा फेला परेको हो ।

टाउकाभरि घाऊ चोट रहेको, अनुहार र शरीरका अन्य भागमा पनि विभिन्न चोटपटक रहेको अवस्थामा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । पति सुरेन्द्र रोजगारीका क्रममा भारतको पञ्जाब बस्दै आएका र महिलाको हत्या पारिवारिक समस्याका कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *