Main News
लालबाबु पण्डितद्वारा एमाले केन्द्रीय सदस्य पद अस्वीकार
२०७८ मंसिर १३ गते १५:४३

१३ मंसिर २०७८ काठमाडौं। नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गर्नुभएको छ ।
पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यका लागि प्रस्ताव गरिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गर्नुभएको हो।
उहाँले आज सामाजिक सञ्जालमार्फत कार्यकारी पदबाट विदा लिएको घोषणा गर्नुभएको हो । पदाधिकारीमा ठाउँ नदिएपछि केन्द्रीय सदस्य पनि अस्वीकार गरेको उहाँको भनाइ छ ।
महाधिवेशन नसकिँदै नेता पण्डित चितवनबाट काठमाडौं फर्किसक्नुभएको छ ।
प्रतिक्रिया