कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी
२०७८ मंसिर १३ गते ६:५७

१३ मंसिर २०७८ धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् ।
जिल्ला पार्टी निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अधिकारी विजयी भएका हुन् ।
अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान उपसभापति भक्त लामाले साथ दिएका थिए ।
ढुंगानालाई भने पूर्व कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो ।
प्रतिक्रिया