कांग्रेस वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चल्यो
२०७८ मंसिर १२ गते १८:४१

१२ मंसिर २०७८ सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा सर्लाहीको बलरामा गोली चलेको छ ।
बलरा नगरपालिका ९ मा वडा अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताउनुभयो ।
विवादका कारण बलराको ८ र ९ नम्बर वडाको अधिवेशन रोकिएको छ । वडा अधिवेशनका क्रममा बलरा ९ मा पुगेका मन्त्री सिंहले असन्तुष्टी जनाएपछि दुई पक्षबीच विवाद चर्किएको थियो ।
विवादका क्रममा मन्त्रीका अंगरक्षकले हवाई फायर गरेका थिए । दुई पक्षबीच झडप हुने स्थिति आएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
प्रतिक्रिया