माओवादी केन्द्रको ७ सय ५३ स्थानीय तहको सम्मेलन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ११ गते २०:४५
माओवादी केन्द्रको ७ सय ५३ स्थानीय तहको सम्मेलन (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ काठमाडौं । प्रमुख राजनीतिक दलहरु महाधिवेशनमा केन्द्रित छन् । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार पालिकास्तरीय सम्मेलन सकेको छ ।

नेकपा विभाजनपछि माओवादी केन्द्रले पहिलो पटक देशभरका ७ सय ५३ स्थानीय तहमा सम्मेलन गरेको हो ।

देशका ठूला राजनीतिक दलहरु महाधिवेशनको माहोलमा तात्तिएका छन् । स्थानीय तहदेखि संघीय निर्वाचनको समेत समय नजिकै गर्दा दलहरुका महाधिवेशन समेत चुनावी माहोल जस्तै बनेका छन् ।

माओवादी केन्द्रले शनिबार देशैभर एकै पटक पालिका स्तरीय सम्मेलन गरेको छ । सम्मेलनबाट स्थानीय कमिटीले नेतृत्व समेत पाएको छ । नयाँ चयन भएका प्रतिनिधीले प्रदेशस्तरीय सम्मेलनबाट प्रतिनिधिसमेत चयन गर्ने छन् । माओवादीले सबै पालिकामा सर्वसम्मत गर्न निर्देशनै गरेको थियो ।

पालिका स्तरबाट चयन भएका प्रतिनिधिले मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट केन्द्रीय प्रतिनिधि समेत बनाउनेछ ।

केन्द्रीय प्रतिनिधिले माओवादी केन्द्रको पुस ११ देखि १३ गते काठमाडौंमा गर्ने राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्वको छान्ने मौका पाउने छ । तर पार्टी नेतृत्वमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने मनस्थितिमा हुनुहुन्छ । ३० वर्षदेखि अध्यक्ष प्रचण्ड नै पार्टी नेतृत्वमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *