वडाध्यक्षहरुले लगाए मेयरको कार्यकक्षमा ताला

हिमालय टिभी
२०७८ मंसिर ६ गते १८:३६
वडाध्यक्षहरुले लगाए मेयरको कार्यकक्षमा ताला

६ मंसिर २०७८ काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरूले मेयरको कार्यकक्षमा ताला लगाएका छन् ।

पटक–पटक आग्रह गर्दा पनि मेयर लालकिशोर साहले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरूले उपमहानगरपालिकाको मुख्य प्रवेशद्वार र मेयरको कार्यकक्षमा ताला लगाएका हुन ।

नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ ।

तालाबन्दी र धर्नापछि पनि नगरपालिकाले समस्या सामधानमा चासो नदिए कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *