पेट्रोलियम पदार्थमा मूल्य बढाएर सरकारले अत्याचार गरेको अध्यक्ष नेपालको आरोप (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आयल निगमले दुई हप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर अत्याचार गरेको बताउनु भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ज्ञापनपत्र बुझाउन पुगेका ६ विद्यार्थी संगठनका नेताहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले आयल निगमले जनताको ढाड सेक्न गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर अत्याचार गरेको बताउनुभयो ।
अध्यक्ष नेपालले विभागीय मन्त्री नहुँदा समस्या भएको भन्दै प्रधानमन्त्रीलाई भेटेर कुरा राख्न आग्रह गर्नुभयो । उहाँले अहिलेसम्म उद्योग तथा आपूर्ति मन्त्री नियुक्ति गर्न कोही पनि नभेटिएको भन्दै आफूलाई देऊ भन्दा पनि नदिएको बताउनुभयो।
विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
प्रतिक्रिया