तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व

हिमालय टिभी
२०७८ मंसिर ५ गते ६:२८
तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व

५ मंसिर २०७८ तनहुँ । नेकपा (माओवादी केन्द्र) तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका दश स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो ।

बन्दिपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा अमृत शाही, वडा नम्बर २ को अध्यक्षमा सुशील कुंवर, वडा नम्बर ३ को अध्यक्षमा श्याम नेपाली, वडा नम्बर ४ को अध्यक्षमा महावीर आले, वडा नम्बर ५ को अध्यक्षमा छविलाल घिमिरे र वडा नम्बर ६ को अध्यक्षमा ज्ञानेन्द्र गुरुङ चयन हुनुभएको छ । सबै वडामा २९ सदस्यीय कमिटी चयन गरिएको छ ।

त्यसैगरी शुक्लागण्डकी नगर कमिटीका १२ वटै वडामा नयाँ नेतृत्व चयन भएको शुक्लागण्डकी नगर कमिटी सचिव मनराज गुरुङले जानकारी दिनुभयो । वडा नम्बर १ को अध्यक्षमा धर्म नेपाली, वडा नम्बर २ को अध्यक्षमा शङ्कर पन्त, ३ को अध्यक्षमा दीपक सापकोटा, ४ को अध्यक्षमा ओमकुमार श्रेष्ठ, ५ को अध्यक्षमा मित्रबन्धु पौडेल, ६ को अध्यक्षमा पदमराज बराल, ७ को अध्यक्षमा मोतीराज गुरुङ, ८ को अध्यक्षमा चिरञ्जीवि सिग्देल, ९ को अध्यक्षमा पोसबहादुर विक, १० को अध्यक्षमा राजेन्द्र क्षेत्री भट्टराई, ११ को अध्यक्षमा नारायण सिग्देल र १२ को अध्यक्षमा पूर्णप्रसाद गुरुङ चयन हुनुभएको छ ।

घिरिङ गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गोविन्द सुनार, वडा नम्बर २ को अध्यक्षमा नहलसिं विक, वडा नम्बर ३ को अध्यक्षमा कृष्णराज राना, वडा नम्बर ४ को अध्यक्षमा जनक राना, वडा नम्बर ५ को अध्यक्षमा बमबहादुर विक चयन हुनुभएको माओवादी गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले जानकारी दिनुभयो ।

त्यस्तै आँबुखैरनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा विष्णु अधिकारी, वडा नम्बर २ को अध्यक्षमा बासुदेव थापा, वडा नम्बर ३ को अध्यक्षमा विमलबाबु राना, वडा नम्बर ४ को अध्यक्षमा नेत्र मगर चयन हुनुभएको छ ।

काङ्ग्रेस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रका विभिन्न पदमा जिल्लाका जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । प्रदेशसभा क्षेत्रको विभिन्न पदमा उम्मेदवारी दिनुभएका अधिकांश जनप्रतिनिधि निर्वाचित हुनुभएको हो ।

निर्वाचनबाट आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश प्रतिनिधिमा विजयी हुनुभएको छ । सोही प्रदेशसभाको सभापतिमा व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ विजयी हुनुभएको छ ।

यसैगरी व्यास नगरपालिकाका कार्यपालिका सदस्य तमबहादुर दरै र अमृत नेपाली सोही प्रदेशसभाको प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । तनहुँ क्षेत्र नम्बर १ (क) अधिवेशनबाट व्यास नगरपालिका–९ का वडाध्यक्ष सुरेश थापा, व्यास–१० का वडाध्यक्ष तुलसीराम सापकोटा, व्यास–८ का वडाध्यक्ष ओजराज पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

तनहुँ क्षेत्र नम्बर २ (क) बाट माग्दे गाउँपालिका–१ का वडाध्यक्ष शिवशरण वाग्ले, म्याग्दे–३ का वडाध्यक्ष श्रीबहादुर आले, म्याग्दे–४ का वडाध्यक्ष शिवबहादुर थापा र शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । तनहुँ क्षेत्र नम्बर २ (ख) मा ऋषिङ गाउँपालिकाकी–७ की वडाध्यक्ष भविसरा आले प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समितिका सदस्य अर्जुन अधिकारी तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित हुनुभएको छ । जिल्ला समन्वय समितिकै सदस्य सरस्वती गौतम तनहुँ २ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित हुनुभएको छ । यसैगरी व्यास नगरपालिका–२ की वडा सदस्य राधिका परियार तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *