प्रदेश १ सरकार : दलीय भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ३ गते १८:१२
प्रदेश १ सरकार : दलीय भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी (भिडियो रिपोर्टसहित)

३ मंसिर २०७८ विराटनगर । प्रदेश १ सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले पाँच दलीय गठबन्धनको सरकारमा सबैलाई समेट्न तीन वटा मन्त्रालय फुटाउने तयारी गर्नुभएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आवश्यक गृहकार्य शुरु गरेको छ ।

योसँगै प्रदेश १ मा ११ मन्त्रालय हुनेछ । आगामी साताभित्र मन्त्रिपरिषद् बिस्तार गरिसक्ने तयारी प्रदेश सरकारको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *