इन्धनमा गरिएको मूल्यवृद्धिविरुद्ध धादिङमा प्रदर्शन

हिमालय टिभी
२०७८ कार्तिक २८ गते १३:४८
इन्धनमा गरिएको मूल्यवृद्धिविरुद्ध धादिङमा प्रदर्शन

२८ कात्तिक २०७८ धादिङ । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिविरुद्ध धादिङ सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरिएको छ ।

पेट्रोलियम पदार्थ, ग्यास, यातयात तथा दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि तथा कालोबजारीविरुद्धमा आज धादिङबेसीमा प्रदर्शन भएको हो ।

नेपाल विद्यार्थी संघ नीलकण्ठ बहुमुखी क्याम्पस इकाई, धादिङले विरोध प्रदर्शन गरेको हो ।

सरकारले निरन्तर मूल्यवृद्धि गरेर जनतालाई पीडामाथि पीडा थपेकाले विरोध प्रदर्र्शन गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *