मोरङ कारागारबाट एकै दिन चौकीदारसहित १४ जना सरुवा

हिमालय टिभी
२०७८ कार्तिक २३ गते १८:३१
मोरङ कारागारबाट एकै दिन चौकीदारसहित १४ जना सरुवा

२३ कात्तिक २०७८ मोरङ । मोरङ कारागारबाट एकै दिन चौकीदारसहित १४ जनाई जेल सरुवा गरिएको छ ।

कारागार विभागको निर्देशनमा चौकीदार किरण गुरुङसहित पाँच जनालाई सुनसरीको झुम्का कारागारमा र नौ जनालाई झापा जिल्ला कारागारमा सरुवा गरिएको हो ।

कारागारका चौकीदार, नाइके र अन्य कैदीबन्दीबीच विवाद भई झडप भएपछि उनीहरुलाई कारागार सरुवा गरिएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइ नाइकेहरुले कुटपिट गर्ने, यातना दिने गरेको भन्दै अरु कैदीबन्दी आन्दोलित भएपछि झडप भएको थियो । मोरङ कारागारमा ८ सय ९७ जना कैदीबन्दी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *