सडक मर्मतको माग गर्दै स्थानीयले गरे चक्काजाम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २३ गते १६:५७
सडक मर्मतको माग गर्दै स्थानीयले गरे चक्काजाम (भिडियो रिपोर्टसहित)

२३ कात्तिक २०७८ बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौंनीका बासिन्दाले सडक मर्मतको माग गर्दै चक्का जाम गरेका छन ।

सडक डिभिजन कार्यालय बुटवललाई सडक मर्मतका लागि पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि सडक नै जाम गरेर प्रदर्शन गर्नु परेको स्थानीय बासिन्दाले बताएका छन् ।

सडक डिभिजन कार्यालय बुटवलले भने सडक मर्मतका लागि भर्खरै ठेकेदारसँग ठेक्का सम्झौता भएको बताएको छ । अब सडक मर्मतको काम तिव्र गतिमा अघि बढ्ने डिभिजनले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *