मिनी ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, एक जना बेपत्ता
२०७८ कार्तिक १९ गते ७:२६
१९ कात्तिक २०७८ जाजरकोट । बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दश जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् ।
घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया