एमालेले चौथो मुख्यमन्त्री गुमाउँदै, आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित

१५ कात्तिक २०७८ काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । गण्डकी र बागमतीपछि प्रदेश १ मा आचार्य नेतृत्वको एमाले सरकार ढल्ने लगभग निश्चित छ ।
राजनीतिक परिस्थितिमा कुनै उलटफेर नभएमा आज अविश्वासको प्रस्तावमा मतदान भएर भीम आचार्यले मुख्यमन्त्री गुमाउने हुनुभएको हो । आज दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।
कात्तिक ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत समना गर्ने तय भएको थियो । तर, आफ्ना केही सांसदले आचार्यलाई मत दिने सूचना पाएपछि कांग्रेसले अन्य बाहनामा बैठक रोक्न आग्रह गरेको थियो ।
विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रुपमा अघी सारेको छ । हिजो बसेको विपक्षी गठबन्धनको बैठकमा सबैभन्दा ठुलो दल कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै राईको सत्तारोहण लगभग निश्चित देखिन्छ ।
९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अपुग छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन । नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका १ जना सांसद रहेका छन् । एक सिट भएको राप्रपाले भने तटस्थ बस्ने निर्णय गरेको छ ।
प्रतिक्रिया