ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने एक मजदुरको मृत्यु

हिमालय टिभी
२०७८ कार्तिक १२ गते १४:१३
ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने एक मजदुरको मृत्यु

१२ कात्तिक २०७८ धादिङ । धादिङको धुनिबेशी नगरपालिका वडा– ९ सुरुङमार्गमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने धादिङकै धुनिबेशी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी धादिङले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।

सुरुङमार्गमा बिहीबार बेलुकी ८स् १५ बजे ट्रकले उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *