लमजुङमा भूकम्पको धक्का
२०७८ कार्तिक ८ गते २१:१२
८ कात्तिक २०७८ लमजुङ । पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ । भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए । मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प जाँदा त्रसितका कारण सर्वसाधरणहरू घरबाहिर निश्केका थिए ।”
प्रतिक्रिया